Breaking

कहाँ कहाँ हुदैछ रोचक चुनावी भिडन्त ? हिजोका साथी नै आजको प्रतिस्पर्धी,स्वतन्त्रहरुले दिँदैछन चुनौती


काठमाडौँ— मनोनय दर्ता संगै उम्मेद्धार र दलहरु निर्वाचन प्रचार प्रसारमा युद्धस्तरमा अघि बढेका छन ।दुई ध्रुवमा बाढिएका दलहरु र स्वतन्त्रले दिएको चुनौतिका कारण निर्वाचन थप रोचक बनेको छ ।मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका १ सय ६५ सिट र प्रदेशसभाका ३ सय ३० सिटका लागि उम्मेदवारी परेको छ । निर्वाचन आयोगको प्रणालीमा सोमबार दिउँसोसम्म प्रविष्ट भएको तथ्यांक अनुसार प्रतिनिधिसभा सदस्यमा २,५०२ र प्रदेशसभा सदस्यमा ३,४३६ जनाले उम्मेदवारी दिएका छन्।

यो सख्ंयामा उम्मेद्धार बन्दा कहि हिजो आफैले राजनितिमा ल्याएकाहरुसंग गुरुहरुले प्रतिस्पर्धा गर्दैछन भने कहि गठबन्धनकै नेताहरु तथा केहि कम्युनिष्ट विरुद्ध कम्युनिष्टै भिडन्त हुँदैछ । मकवानपुर २ मा यो पटक गुरु चेलाको प्रतिस्पर्धा हुदैछ । कुनै समय विरोध खतिवडाको चुनावी कमाण्ड सम्हालेका एमालेका महेश बर्तौला योपटक खतिवडाकै प्रतिस्पर्धी भएका छन् । एकीकृत समाजवादीबाट खतिवडा र एमालेबाट बर्तौलाले मकवानपुर २ बाट उम्मेदवारी दर्ता गरेसँगै ‘गुरु–चेला’को भिडन्त पक्का भएको छ । अघिल्लो निर्वाचनमा संघ र प्रदेशमा मिलेर चुनाव लडेका दुई माओवादीका देव गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङ अनिच्छा राख्दाराख्दै पनि यसपटकको निर्वाचनमा आमने–सामने भएका छन् । कास्की १ र लमजुङबाट नाम सिफारिस भएतापनि अन्तिममा लमजुङबाट चुनाव लड्ने निर्णय लिएका देव र प्रदेशमा लड्न ईच्छा राखेर प्रतिनिधिसभामा समेटिएका पृथ्वीसुब्बाकोे प्रतिस्पर्धालाई देशभरि नै चासोका साथ हेरिएको छ ।

यता गुल्मी २ मा पूर्व सहकर्मी तथा कम्युनिष्ट भर्सेस कम्युनिष्ट हुने भएको छ । एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्री गुल्मी २ मा उठेका छन्। झाँक्री एमालेमा रहँदा विष्टसँगको सम्बन्ध घनिष्ठ थियो। पार्टी विभाजनका बेला १० बुँदे सहमति गरी विष्ट एमालेमै बसे भने झाँक्रीले एकीकृत समाजवादीमा लागेकी हुन्। २०७४ मा विष्टले उक्त क्षेत्र जितेका थिए। यहि अस्वस्था रुपन्देहीमा पनि छ ।रुपन्देही १ मा एमालेबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल र एमाले सचिव छविलाल विश्वकर्माबीच प्रतिस्पर्धा हुदैछ ।

पाल्पा क्षेत्र नम्बर २ मा पनि कम्युनिस्ट नेताहरूबीच नै कडा टक्कर हुने भएको छ । नेकपा एमालेबाट ठाकुर गैरे र गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान सांसद सोमप्रसाद पाण्डेयले मनोनयन दर्ता गरेका छन् ।यो पटक सहित ६ पटक टिकट पाएका पाण्डेयकै कारण छायामा परेका गैरेले पहिलो चोटि टिकट पाँउदा यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ । धादिङ–२मा पनि २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सँगै चुनावी अभियानमा होमिएका राजेन्द्र पाण्डे र भूमि त्रिपाठी अहिले एक अर्काविरुद्ध उभिएका छन् ।झण्डै चार दशकदेखिसँगै राजनीतिक यात्रा गरेका यो जोडी यसपटक भने फुटेर दुई ध्रुबमा छ । यसबाहेक पनि दाङ–१ मा एमालेबाट शान्ता चौधरी र नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीसँग प्रतिस्पर्धा गर्नेछिन् । उनीहरु एमालेमा पूर्व सहकर्मी हुन् ।

यता मकवानपुर– १ मा पञ्चायतकालदेखि नै कमल थापाका सहकर्मी रहेका दीपक सिंह यसपटक उनीविरुद्ध राप्रपाबाट चुनावी मैदानमा खडा भएका छन । राप्रपा नेपालका अध्यक्ष थापा एमालेको सहयोगमा चुनाव उठ्दै गर्दा राप्रपाबाट सिंह प्रतिस्पर्धी बनेका हुन ।यी केहि प्रतिनिधि उदाहरणमात्र हुन । यो निर्वाचनमा अर्वपती व्यापारी देखि पूर्व अर्थमन्त्री रअर्थशास्त्रीहरु वीच पनि प्रतिस्पर्धा हुदै छ । गगन थापा र राजन भटराई तेश्रो पटक प्रतिस्पधीका रुपमा सुचावी मैदानमा उत्रदै छन भने कतिपय क्षेत्रमा प्रतिस्पर्धा स्वतन्त्रले चुनाव रोचक बनाउने अनुमान छ ।