Breaking

पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र बनेकाहरुको हालत के होला ? शीर्ष नेताको क्षेत्रमा स्वतन्त्रको विगविगी


काठमाडौँ— आगामी संसदीय निर्वाचन राजनीतिक दल र स्वतन्त्र उम्मेदवार बीचको प्रतिस्पर्धाले चर्चा चुलिएको छ । चुनावी मैदानमापार्टीले टिकट नदिएपछि स्वतन्त्र बनेका, लामो समय राजनीतिमा निस्क्रिृय रहेका र बास्तवमा दलगत स्वार्थ भन्दा माथि रहेका थरीथरीका स्वतन्त्र उम्मेदवारले दलका उम्मेद्वारहरुलाई टक्कर दिने तयारीमा छन् ।स्थानीय तह निर्वाचनमा काठमाडौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र धरानउपमहानगरमाहर्क साम्पाङको जीतको प्रभाव संसदीय निर्वाचनमा पनि देखिएको छ । साँच्चिक स्वतन्त्र उम्मेदवारमात्रहोइन, राजनीतिक दलका प्रभावशाली नेताहरुपनि स्वतन्त्र बन्न हौसिएका छन । पार्टीले टिकट नदिएपछि नेकपा एमालेका नेता घनश्याम भुसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन ।

त्यस्तै पूर्व मन्त्री समेत रहेका रामविर मानन्धरले पनि काठमाडौ क्षेत्र नम्बर ७ बाट स्वतन्त्रमै उम्मेदवारी दिएका छन । नेपाली कांग्रेसका चर्चित नेताडाक्टर अमरेश कुमार सिंहले सर्लाहि क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका छन । पूर्व मन्त्री समेत रहेका एमाले नेता प्रभु शाहले एमालेले दिएको टिकट त्याग्दै रौतहटमा स्वतन्त्र उम्मेदवार बने । संसदीय निर्वाचनमा शीर्ष राजनीतिक दलका उम्मेदवार र साँच्चिकै स्वतन्त्रउम्मेदवार,स्वतन्त्र भनिएका तर पार्टीको टिका लगाएका र बागी उम्मेदवारका कारण पनि चुनावीमाहोल थप गर्माएको छ ।

शीर्ष राजनीतिक दलका अध्यक्ष,सभापतिको क्षेत्रमा त स्वतन्त्र उम्मेदवारहरुको विगविगी नै छ । नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीको क्षेत्र झापा ५ मा १४ जना स्वतन्त्र उम्मेदवार छन । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र रौतहट १ मा ९ जना, कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्रमा ५ जना,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रमा ३ जनाको उम्म्द्वारी परेको छ । समग्र देशभर प्रतिनिधिसभामा ९ सय २९ र प्रदेशसभा १२ सय ५२ जनाको स्वतन्त्रउम्मेदवारी परेको छ । पहिला आफूलाई स्वतन्त्रको लिष्टमा उभ्याएका सुमन सायामी, पुकार बम, रमेश खरेल लगायतले अन्ततदहरुकै छाहारी रोजेका छन् ।

जसका कारण साँच्चिकै स्वतन्त्र ,स्वतन्त्र पार्टी र दलका नेताहरुको स्वतन्त्र उम्मेदवारको लहर त चलाए तर उपलब्धि के भन्ने प्रश्नपक्कै उठ्ने छ । आगामी चुनावी प्रतिस्पर्धाका लागि ६ हजार बढिउम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । जसमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक पक्कै हुनेछ । स्वतन्त्र उम्मेदवारहरु विकल्प बन्ने छन वा चुनावी विगविगी मात्र अनुमान गर्न कठिन छ ।