Breaking

खोलाले बगाउँदा प्रहरी जवान बेपत्ता


काठमाडौँ — खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोला तर्ने क्रममा कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदम रावत बगेर बेपत्ता भएका छन् । सेरावाडा खोलाले बगाएका रावत तीला नदीमा पुगेर बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार रावत बगेको खबर सोमबार बिहान साढे ९ बजे प्राप्त भएको हो । उक्त क्षेत्रमा रहेको टाकुल्ला खोला बढेको कारण घटनास्थलमा प्रहरी पुग्न नसकेको प्रदेश प्रहरीले जनाएको छ ।