Breaking

डडेल्धुरामा सागर ढकालले दिए स्वतन्त्र उम्मेदवारी


काठमाडौँ — प्रतिनिधि सभाको निर्वाचन लड्न डडेल्धुरामा स्वतन्त्र उम्मेदवार सागर ढकालले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ता पश्चात् उनले डडेल्धुराका जनताले आफूलाई नातावाद नहेरेर देश र विकासका लागि जिताउने विश्वास व्यक्त गरे । उनले दुई दिन भोकै व्रत बसेर देशका लागि संकल्प गर्ने पनि बताए । ढकाल गुल्मीबाट देउवाको गृह जिल्लामा चुनाव लड्न आएका हुन् ।