देश

रामेछापको खाँडादेवीमा बस दुर्घटना, १३ घाइते


काठमाडौँ— रामेछापको खाँडादेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ४०४८ नम्बरको यात्रुवाहक बस आइतबार खाँडादेवी ३ भीरपानीको सित्खा नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् । बसमा ३० जना यात्रु रहेको स्थानीयहरूले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार ओरालो सडकमा गुडिरहेको बस घुम्ती काट्न नसकेर दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।सामान्य घाइतेहरूको सित्खामा उपचार भइरहेको छ । बसमा अधिकांश यात्रुहरू दसैं मनाएर काठमाडौं फर्कँदै गरेका थिए ।