काठमाडौँ — सोलुखुम्बुको प्रतिनिधिसभा क्षेत्र नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई छाड्ने भउको छ । २०७४ मा हेमकुमार राई ‘शुरवीर’ यहाँबाट निर्वाचित भएका थिए । सत्ता गठबन्धनको भागबण्डामा सोलुखुम्बुको प्रतिनिधिसभा माओवादी केन्द्रको भागमा परेको थियो । तर कांग्रेसको जोडबलमा माओवादीले सोलुखुम्बुको प्रतिनिधिसभा छाडेर प्रदेशसभाको दुबै क्षेत्र लिने सम्भावना बढेको छ ।
एक नेता भन्छन्, ‘प्रदेशका दुबै सिट लिएर केन्द्र छाड्नेबारे छलफल भइरहेको छ । त्यही नै हुन्छ होला ।’
माओवादीले सोलुखुम्बुको प्रतिनिधिसभा छाडेमा मोरङ क्षेत्र नम्बर ६ को ख पनि दिन कांग्रेस नेतृत्व तयार छ । यो क्षेत्रमा माओवादीका जीवन आचार्य सम्भावित उम्मेदवार हुन् ।


प्रतिक्रिया