Breaking

राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुग्यो


काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका छन् । अहिले दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आसन्न चुनावमा एमाले(राप्रपा तालमेलबारे छलफल भइरहेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बालकोट जाने नेताहरूमा लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ छन् । ‘चुनावमा कसरी मिलेर सहकार्य गर्न सकिन्छ भन्नेबारे नै आजको बैठक तय भएको हो,’ श्रेष्ठले बताए ।