काठमाडौँ— राजस्व गुप्तचर निर्देशनालय डीआरआईले मुम्बई विमानस्थलबाट झन्डै सय करोड बराबरको हेरोइन बरामद गरेको छ ।
डीआरआईले मुम्बई विमानस्थलबाट झन्डै सय करोड भारतीय रुपैयाँ पर्ने १६ किलो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो । डीआरआईले यस मामिलामा दिल्लीको एक होटलबाट एक यात्री र एक घानाकी महिलालाई पक्राउ गरेको छ ।
डीआरआईको मुम्बई इकाईले मंगलबार छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा सूचनाको आधारमा यो कारबाही गरेको हो । अफ्रिकी देश मलावीबाट कतार हुँदै मुम्बई आउँदै गरेका एक यात्रुले भारततर्फ लागुऔषध तस्करी गर्न खोजेका थिए ।


प्रतिक्रिया