काठमाडौँ — बाराको जितपुर-सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये ९ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका-१६ की मुन्नीदेवी चौरसिया, हेटौंडा उपमहानगरपालिका-७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगञ्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, खोखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका कडेल र पर्साको विरगन्ज–१६ का सकेमप्रसाद चौरसिया एसपी गौतमले जानकारी दिए ।
बसमा सवार यात्रुको सङ्ख्या एकीन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा०६–००१ ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका(२२ अमलेखगञ्जमा दुर्घटना भएको हो ।


प्रतिक्रिया