काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो परिवारका सदस्यलाई दशैँको टीका लगाइदिएका छन् ।

उनले काठमाडौंको खुमलटारस्थित प्रचण्ड निवासमा छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दशैँको टीका लगाइदिएका हुन् । प्रचण्डका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले प्रचण्डले टीका लगाइदिएको फोटो सार्वजनिक गरेकी छन् ।


प्रतिक्रिया