काठमाडौँ — उत्तर कोरियाले जापानको केही भागमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान सरकारले होक्काइडो टापुमा केही समय उडान तथा रेल सञ्चालन नगर्न आग्रह गरेको छ । सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि गरेको यो पहिलो मिसाइल प्रहार हो ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । मिसाइल जापानबाट झण्डै तीन हजार किलोमिटर (१८ सय ६०) माइल० प्रशान्त महासागरमा खसेको थियो ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो प्रक्षेपणको निन्दा गर्नुभएको छ । जापान सरकारले आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक समेत बोलाएको छ । एजेन्सी


प्रतिक्रिया