काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । बन्दसूचीको १ नम्बरमा विमलेन्द्र निधि रहेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाण पत्नी मन्जु खाणसम्मको नाम समाविष्ट छ ।
बन्दसूचीको ३६ नम्बरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्षमा कर्माछिरिङ शेर्पापरेका छन् । एन्फाका पूर्वअध्यक्ष शेर्पा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा समानुपातिकतर्फको उम्मेदवारको रुपमा सिफारिसमा परेको थियो ।
उक्त बन्दसूची सार्वजनिक भएसँगै शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । आफूहरुको तर्फबाट न्यून संख्यामा मात्र समानुपातिक उम्मेदवार परेको भन्दै कोइराला समूहले सच्चाउन दबाब दिएको छ । निर्वाचन आयोगका अनुसार आज बन्दसूची सच्चाउन पाइने छ ।


प्रतिक्रिया