काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्विकार गरेपछि राजनीतिवृत्त तात्तिएको छ । उनको पक्ष विपक्षमा मत बाँझिएका छन् । पूर्वराष्ट्रपतिदेखि सत्ता गठबन्धन राष्ट्रपतिको विपक्षमा उभिएका छन् ।
मंगलबार मध्यराति शीलतनिवासबाट चलेको हुरीले सत्ता गठबन्धनको मात्रै निद उडाएको छैन, पूर्वराष्ट्रपति र उपराष्ट्रपतिसमेत राष्ट्रपतिको काउन्टरमा उत्रिएका छन् । नागरिकता विधेयक रोक्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको दायराबाहिर जाने छुट नभएको बताएका छन् । राष्ट्रपतिको कदमलाई ज्यादै दुःखद भनेका पुनले गम्भीर संविधान उल्लंघन गरेको आरोप लगाएका छन् ।
मुलुक सञ्चालनका महत्वपूर्ण तीन अंग अहिले अंगभंगकै अवस्थामा छन् । सबै आफ्नो दायित्व र हैसियतबाट च्यूत भएपछि देश सञ्चालनमै प्रश्न उठेको छ । यो देश कुन नीतिमा चलेको छ, कुन थीतिमा चलेको छ, कुन व्यवस्था र प्रणालीमा चलेको छ, ताजुव लाग्दो छ ।
सरकार चलाउने कार्यपालिका आफ्नो नीतिमा चलिरहेको छैन । संसद चलाउने व्यवस्थापिका आफ्नो थीतिमा चलेको छैन । न्यायपालिकाभित्रको लफडा र बेथिती हरेक नेपालीलाई रुवाउने खालको छ । राज्यका तीन महत्वपूर्ण अंगनै देश चलाउन असफल भएपछि यो देश कसरी चलिरहेको छ ? प्रश्न गम्भीर छ । यसै सन्दर्भमा योहो टेलिभिजनको सत्य संवादमा राजनीतिशास्त्री प्रा. कृष्ण खनालसँग गरिएको कुराकानी :


प्रतिक्रिया