Breaking

वकिलले गरेका प्रश्नको जवाफ चोलेन्द्रले आज दिनुपर्ने


काठमाडौँ — संसदीय महाभियोग सिफारिस समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ ।

बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ ।

बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए ।

समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।