Breaking

हात्तीसारस्थित जय नेपाल हल परिसर खोतल्दा भेटियो टुकुचा खोला


काठमाडौँ — काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ । आज महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो । खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो ।

महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो । आज डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिए ।