काठमाडौँ — बन्दमा चलाएको भन्दै कोटेश्वरमा बसमा ढुंगा प्रहरा भएको छ । विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिस्ट पार्टीले आज नेपाल बन्द घोषणा गरेका हुन् ।
बन्दको अवज्ञा गरेको भन्दै उनीहरूका कार्यकर्ताले महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बसमा ढुंगा हानेका हुन् ।
कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बसमा एउटा समूहले राष्ट्रिय वाणिज्य बैंकअगाडि एक्कासि ढुंगा हानेर भागेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले भने काठमाडौँमा बन्दको खासै प्रभाव नपरेको दाबी गरे।


प्रतिक्रिया