Breaking

पार्टी सञ्चालनमा लिङदेनको पुरातनबादी ढर्रा,लिङदेनको क्रेजखस्किएको हो ?


काठमाडौँ — राप्रपालाई कांग्रेस र कम्युनिष्टको विकल्पबनाउने उद्घोष सहितप्रखर नेता राजेन्द्र लिङदेन राप्रपाको नेतृत्वमाचुनिए ।तेस्रो पुस्ताका लिङ्देन सिधैनेतृत्वमापुगेपछि पुस्तान्तरणले फड्को मारेको भन्दै अधिकांशले उनको प्रशंसा गरे । तर स्थानीयतहनिर्वाचनमतपरिणामसँगै क्रमशअध्यक्षलिङदेन र राप्रपादुवै विस्तारै छाँयामा पर्न थालेको छ । के राप्रपाप्रतिको मोह घट्दै गएको हो ?
गतमंसिर १९ गते सम्पन्नराष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकतामहाधिवेशनबाट संस्थापक र अनुभवी राजनीतिकर्मी कमलथापालाईपराजितगर्दै तेस्रो पुस्ताका राजेन्द्र लिङदेन केन्द्रियअध्यक्षमानिर्वाचितभए ।

प्रमुखठुला राजनीतिकदलहरु नै पुस्तान्तरण र नेतृत्व हस्तारणमा उदासिन बनेको बेला राप्रपामालिङदेनको उदयनमुनाबन्यो । राप्रपालाईकांग्रेस र कम्युनिष्टको विकल्पबनाउने उद्घोषका कारण सर्वत्र लिङदेनको वाहवाई चल्यो ।पार्टीको लोकप्रियताह्वात्तै बढ्यो । कमलथापाले छुट्टै पार्टी नै खोलेर अघि बढे पनिलिङदेनप्रतिको क्रेज घटेन । तर स्थानीयतहनिर्वाचनमाआफ्नो पकड क्षेत्र बाहेक अन्य क्षेत्रमा राप्रपाको जनमत देखिएन । लिङदेनप्रतिको क्रेज जनमतमाप्रकट भएन ।

पार्टी अहिले केन्द्रिय समितिको वैठकमा स्थानीयतहनिर्वाचनको समिक्षा र संसदीयनिर्वाचनका सवालमा छलफलमा जुटेका छन । आगामी संसदीयनिर्वाचनमा राप्रपाको हविगत के होला?कसरी अगाडि बढ्दै राप्रपा? के राप्रपाप्रतिजनलहर घटेको हो ?

राप्रपा नेतृत्वभने पार्टीको लोकप्रीयता घटेको स्वीकार्न तयार छैन । पार्टी आन्तरिक काममाव्यस्तभएकोले बाहिरबाट हेर्दा केही सुस्त देखिएपनिअवकादिनमानिर्वाचनलक्षितगतिविधिले गतिलिने राप्रपाको दाबी छ । यहिबीचमाआन्तरिक रुपमालिङदेन र कमलथापाबीच नेताकार्यकर्ता खोसाखोसको लहर भने चलेकै छ । हालैमात्रचार जना केन्द्रिय नेताहरुले राप्रपा परित्यागर्दै कमलथापा नेतृत्वको राप्रपा नेपालमाप्रवेश गरेका थिए ।

मुलुककालोकतान्त्रिकभनिएकाप्रमुखदलहरुलेलामो समयसम्म नेतृत्व हस्तान्तरणमा चुक्दै आएका छन् । पुराना नेताले विकल्पदिननसक्दा नेताकार्यकर्तामानिराशा छाउको छ । तर नेतृत्वहत्याएका राप्रपाअध्यक्ष लिङ्देनले पनि पार्टीलाई पुरातन ढर्राभन्दाबाहिर निकालेर बैकल्पिकशक्तिको रुपमाउभ्याउने संकेत देखाउन सकेका छैनन् । फलत संघीय निर्वाचनमादलहरुप्रतिजनताको वितृष्ण झन् बढ्ने देखिन्छ ।