Breaking

बालेनसँग रवि फायर हुनुका ५ कारण, एक्सन लिन दबाब, यसकारण सहज छैन बालेन हटाउन (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केही दिनयता दिइरहेका अभिव्यक्तिहरुले सरकारसँगको बेमेलको प्रष्ट संकेत दिएको छ । पछिल्लो समय सरकारले एकपछि अर्को गरी विवादास्पद कदम अघि बढाउँदा रास्वपामा छट्पटी बढेको छ । त्यसमाथि सरकारका गतिविधिले पार्टीलाई नै हानी गर्नसक्ने जोखिम बढ्दा सरकार पार्टीका निर्देशन वा सुझाव मान्न तयार छैन । यही कारण सरकारका गतिधिले पार्टीमा उकुसमुकुस बढाएको छ । बालेन घण्टीघरभन्दा बढी ज्वागलको निर्देशनमा चल्न थालेपछि रविले कार्यकर्तालाई सम्बोधन गर्दै सरकारलाई समेत महत्वपूर्ण सन्देश दिए । यति मात्र होइन, बालेनसँग भेट्दा पटक पटक आफूहरुको सरकारसँग समेत जनताले पूर्णतया भरोसा गर्न नसकेको सत्य सम्झाइरहनेगरेको बताउँछन् ।