काठमाडौँ — नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले महँगीको विषयमा आफ्नो कुरालाई बंग्याइएको बताएका छन् । संसदमा बोल्दै उनले आफ्नो अभिव्यक्तिलाई विषयान्तर गरेर ट्रोल गरिएको जिकिर गरे ।
ज्ञवालीले एमालेको उपभोक्ता विभागले आयोजना गरेको कार्यक्रममा पूर्व मन्त्री र सांसद भए पनि भान्सामा दुईथरी तरकारी पकाउन मुस्किल भएको बताएका थिए । पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीको उक्त भनाईपछि वरिपरी परिकार सहितको फोटो सार्वजनिक भएको थियो ।
ज्ञवालीले उक्त तस्बिर अमेरिकामा आफूले खाना खाँदा बखतको रहेको स्पष्ट पारे । ‘मैले अमेरिकामा खाना खाँदै गरेको फोटो जोडेर मलाई ट्रोल गरियो यसले कसैको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना,’ उनले भने ।


प्रतिक्रिया