Breaking

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन


काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि ११ सदस्यीय समिति बनाउने सहमति भएको छ ।

समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य रहनेगरी समिति बन्ने भएको हो ।

११ सदस्यमध्येबाट संयोजक छनौट हुनेगरी सहमति भएको हो । छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहेका छन् । अहिले संसद भवनमा समितिका लागि दलहरूबाट नाम संकलन भइरहेको छ ।

शर्मामाथि छानबिनका लागि संघीय संसदले संसदीय समिति बनाउन दलहरूसँग छलफल अघि बढाएको थियो। सोही अनुसार दलहरुबीच समिति बनाएर अघि बढ्ने सहमति जुटेको हो ।