काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरीमा अड्किएको छ । तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो । उनी चन्द्रागिरी डाँडामा जाँदै थिए । विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको प्रहरीले जनाएको छ ।
‘राष्ट्रिय सभा अध्यक्ष चढेको केबलकार केही मिनेट अड्किएको हो । अहिले उहाँ माथि पुगिसक्नुभएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले भने,‘जेनेरेटरबाट अरू अड्किएका केबलकार पनि चलाउने काम भइरहेको छ ।’विद्युत आपूर्तिमा समस्या हुँदा यात्रुहरू आधा घन्टासम्म केबलकारमा बीच बाटोमै अड्किएका थिए ।


प्रतिक्रिया