Breaking

खुमलटारमा माओवादी पूर्व स्थायी समिति बैठक जारी


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को पूर्व स्थायी कमिटी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

यसअघि हिजो पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । प्रचण्डले थप परामर्शको लागि आज पनि पूर्व स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

पार्टीको केन्द्रीय समिति बैठक पनि आजै बस्दैछ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी पनि भइरहेको छ ।