वैकल्पिक समिकरणको बहसमा व्यस्त माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल सकसमा देखिएका छन । एकातर्फ प्रधानमन्त्री देउवाको पेलान अर्कातर्फ पार्टीको आन्तरिक शक्ती सन्तुलनको दवाव खेपिरहेका उनीहरु चौतर्फी घेराबन्दीमा परेका हुन ।फलत ः सत्ता गठबन्धन भित्रै मिनि गठबन्धनको तयारी गरिरहेका र वाम एकतालाईउनीहरुले पार्टी संकटमोचनका रुपमा प्रयोग गर्ने देखिएको छ ।
वहुमत भएर पनि कांग्रेसको हातमा सत्ता बुझाएका दुई कम्युनिष्ट घटक माओवादी केन्द्र र एकीकृत समाजवादीमा सकस देखिएको छ । व्यक्तिगत र परिस्थितीजन्य अवस्थामाबाट समेत सबैभन्दा नजिक देखिएका उनीहरु वीचएकताको चर्चा समेत सुरु भएको छ । एकातर्फ पेलेर अघि बढेका प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनबाट पनि अपेक्षित लाभ नपाएका उनीहरु यसअघिबाटै विकल्प खोजिरहेका थिए ।
सत्ता गठबन्धनलाई साहारा बनाईराख्ने र यसैको आडमा नयाँ विकल्प पनि खोज्ने उनीहरुको रणनिति छ भने यसले देउवालाई दवाव पर्ने देखिन्छ । मन्त्री हेरफेर पछि रामकुमारी झाक्री र विरोध खतिवडाको असन्तुष्टि नसेलाएको तथा दुई धारको संघर्ष सुरु भएको एकीकृत समाजवादीले पनि यो महसुस गरेको छ ।
वामएकता आजको आवश्यकता रहेको भन्दै पार्टीमा छलफल हुनुपर्ने अध्यक्ष माधवकुमार नेपालको विफ्रिङले पनि उनीहरुको आगामी यात्राको संकेत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अहंकार बाँकि रहुन्जेल एमालेसंगै एकताको सम्भावना नभएपनि अन्य विकल्पमा अध्यक्ष सकारात्मक देखिएका छन ।
यदि यसो भए पार्टीको आन्तरिक विवादपनि ओझेलमा पर्ने उनको बुझाईका छ । यता माओवादीभित्र पनि समस्या चर्किदै गएको छ । विशेषत ः पदाधिकारी चयनको विषयमै समस्या देखिदै आएको माओवादीमा मन्त्री हेरफरको पनि दवाव बढेको छ । यहि समस्या समाधानकै लागि बोलाईएको केन्द्रीय समिति बैठक समेत स्थगित भएको छ ।
आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने बैठकमा सहभागीका धारणाकावीच थप छलफलका लागि भन्दै बैठक नै स्थगित गरिएको छ ।
विद्यार्थी संगठन समेत दुई चिरा भएको अवस्थामा माओवादीमाथि कांग्रेसले पनि दवाव बढाएको छ । वामएकताप्रति प्रचण्डको बढ्दो सक्रियतालाई नियालीरहेकका देउवा मन्त्रीमाथि कारबाहीको तीर चलाउने सम्भावना पनि बढेको छ । अर्थतन्त्रको सुधार गर्न नसकेको आरोप खेपेका,गर्भनर प्रकरण तथा बजेट निर्माणमा खेताला लगाएको विवादमा फसेका अर्थमन्त्री जनार्दन शर्मा प्रचण्डकै आग्रहमा देउवाकै कारण जोगिदै आएका छन् ।
तर नयाँ समिकरणको अवस्था सिर्जना भए देउवाले उनीमाथि कारबाहीको अग्रसरता लिन सक्ने देखिन्छ । मन्त्रीकै कारण एकीकृत समाजवादी पनि साईजमा आएको पछिल्लो अवस्थामा अर्थमन्त्री कारबाहीको अश्त्रले माओवादी पनि प्रभावित बन्ने देखिन्छ । जसको प्रभाव पदाधिकारी चयनमा समेत पर्ने छ ।
यहि बुझेका देउवाले गठबन्धनमा समस्या आउनु ठुलो कुरा नभएको अभिव्यक्ती दिईरहँदा महामन्त्री गगन थापाले पनि अर्थमन्त्रीको राजिनामाको विषय उठाउन थालेका छन । आगामी निर्वाचन कम्युनिष्ट प्रयोग गरेर वहुमत तर्फ अग्रसर हुने देउवाका लागि सबैभन्दा टाउको दुखाई विषय नै वाम एकता हो ।
जसका लागि प्रयासरत उनले पार्टी फुटको सहजताका लागि अध्यादेश नै ल्याएको थिए भने अहिले पनि अन्य पार्टीमा खेल्ने र सत्ता टिकाउने खेलमा देउवा व्यस्त छन् । जसबाट पार पाउन प्रचण्ड–नेपाल लगायतका नयाँ विकल्पको खोजी थालेका हुन । जो देउवाकै कारण त्यति त्यति सहज भने देखिदैन ।


प्रतिक्रिया