देश

अश्लील शीर्षक राखी युट्युबमा भिडियो प्रसारण गरेको आरोपमा एक जना पक्राउ


काठमाडौँ — युट्युबमा अश्लील शीर्षक राखी भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले ‘४ रियल टीभी’ नामको युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी–७, महादेवफाँट घर भई काठमाडौं बस्दै आएका २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो । लामाले विभिन्न अश्लील शीर्षक राखी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोले जनाएको छ ।