कोरोना विशेष

पछिल्लो २४ घन्टामा ९० जनामा कोरोना संक्रमण


काठमाडौँ — मंगलबार देशभरि ९० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ३११२ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टी भएको हो । उनीहरूमध्ये ७३ जनाको पिसिआर परीक्षण गरिएको थियो भने १७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

धेरै समयपछि नेपालमा एकैदिन ९० संक्रमित थपिएका हुन्। योसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । अहिले देशभरि ४०१ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ११ लाख २० हजार मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ भने तीमध्ये ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् ।