काठमाडौँ — कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले बुद्धभूमि नगरपालिकाले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजिक एक कार्यक्रमका बीच एक सय २८ जना कृषकलाई विभिन्न किसिमका कृषि सामग्री हस्तान्तरण गरिएको हो । लागत सहभागितामा उनीहरुलाई नगरपालिकाको कृषि शाखा मार्फत मिनी टिलर, पम्पसेट, इलेक्ट्रिक मोटर उपलब्ध गराइएको हो ।

नगरपालिकाले ५० प्रतिशत अनुदानका ६५ वटा मिनी टिलर, ७० प्रतिशत अनुदानका ५ हर्स पावरको २८ वटा पम्पसेट र २ हर्स पावरको ३५ वटा मोटर उपलब्ध गराइको छ । कृषि उत्पादनमा वृद्धि गर्न नगरपालिकाले विभिन्न अनुदानका कार्यक्रम संचालन गरेको मेयर केशवकुमार श्रेष्ठले बताए । अब कृषि बिमाको कार्यक्रम पनि आवश्यक रहेको उनको भनाइ छ ।
उपमेयर मिरा थारुले कृषकका लागि सहज वातावरणको सिर्जना गर्न नगरपालिकाले काम गरिरहेको उल्लेख गरिन । परम्परागत कृषिलाई त्यागेर आधुनिकिरणतर्फ लैजानु पर्ने उनको जिकिर गरिन । नगरपालिका कृषि शाखा अधिकृत देवीराम बेल्बासेले लागत सहभागिताका लागि जारी सूचनाका आधारमा परेका निवेदनमा छनौट गरी उनीहरुलाई सो
सामग्री उपलब्ध गराइएको बताए ।


प्रतिक्रिया