Breaking

श्रीपेचको विषयमा विवाद भएपछि मेयर बालेनले बुझाए धर्मगुरुलाई नेपहपको श्रीपेच


काठमाडौँ — श्रीपेचुको विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपाधि विजेता भाइबर साइमनले धर्मगुरुलाई श्रीपेच बुझाएका छन् । महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपाधि विजेता भाइबर साइमनले धर्मगुरुलाई श्रीपेच फिर्ता गर्दै । सुजन गोपाली प्रतियोगिताका बिजेता साइमनलाई उपाधिमा पञ्च बुद्ध मुख लाई श्रीपेचको रुपमा प्रदान गरिएको थियो ।

नेपालमा पहिलो पटक आयोजित नेपहपको श्रीपेचको उपाधि भाइबर साइमनले जितेका थिए । मेयर शाहले निर्णायक मण्डलका एक सदस्य थिए । बज्राचार्य समन्वय परिषदले विजेतालाई दीक्षित बज्राचार्य गुरुजुहरुले मात्रै लगाउने पञ्च बुद्ध ुमुखस्ुलाई र्‍याप प्रतियोगतामा उपाधिका रुपमा प्रदान गरेको भन्दै आपत्ति जनाएको थियो ।

ुपवित्र मुखलाई नेपहप पगरीको रुपमा प्रयोग गरेकोमा समस्त बज्रयानी बौद्धहरुको अवमूल्यन हुन गएकाले हामी यसको घोर भर्त्सना गर्दछौं, परिषदले मंगलबार विज्ञप्तिमा भनिएको थियो । परिषदले सो कार्यलाई पुन नदोहोर्‍याउन आयोजकहरुसँग आग्रह पनि गरेको थियो ।