काठमाडौँ — संखुवासभाको मादी नगरपालिकामा ६ जनाको हत्या गरेको घटनामा ४ प्रतिवादीहरूलाई आजीवन कैदको सजाय सुनाइएको छ । सोमबार जिल्ला अदालत चैनपुर संखुवासभाले चार जनालाई आजीवन कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । ४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र २६ वर्षीय लोकबहादुर कार्कीलाई आजीवन कैद सजाय सुनाइएको हो ।

एक जना १७ वर्षीय नाबालिगको हकमा भने अदालतले २५ वर्ष सजायको दुई तिहाइ कैद हुनेगरी सजाय सुनाएको छ । यस्तै, उनीहरूलाई दुई दुई लाख क्षतिपूर्ति तिराउन समेत अदालतले �


प्रतिक्रिया