Breaking

शर्मा बारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने तय


काठमाडौँ — बजेट निर्माणमा बिचौलिया प्रयोग गरेपछि विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माको बारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ । शर्माले राज्यको गोपनीयता भंग गरेकोले उनले राजीनामा नदिए बर्खास्त गरेर उनीमाथि थप कारबाही गर्नुपर्ने सर्वत्र माग छ ।

सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादी केन्द्रभित्र समेत शर्माको भूमिकालाई लिएर व्यापक प्रश्न उठेको छ । माओवादी केन्द्रको नेताहरुको खुमलटारमा मंगलबार बिहान बसेको बैठकमा समेत शर्माको विषयमा कुरा उठेपछि अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताबीच नै छलफल हुने जानकारी दिएका हुन् । माओवादीका एक नेताका अनुसार सम्भवतस् मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटार बैठक बस्नेछ ।