काठमाडौँ – सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा स्थानीय तहको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुने जानकारी दिए ।


प्रतिक्रिया