काठमाडौँ — संसदमा आरोप–प्रत्यारोपमा उत्रने सांसदहरुले त्यो व्यवहार समितिमा पनि दोहोर्याएका छन्। आज राज्य व्यवस्था तथा सुशासन समितिमा पनि समयलाई लिएर भनाभन नै चल्यो । राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा प्रदेश प्रहरीको अधिकार र कानुनलाई लिएर छलफल चलिरहेको थियो । तर छलफलका क्रममा सांसद र सभापतिबिच बैठकमै भनाभन चलेपछि एकछिन त्यहाँको वातावरण नै तरंगीत बनेको थियो । कारण थियो प्रयाप्त समय नदिएको भन्दै एमालेकी सांसद गंगा चौधरीे आक्रमक शैलि ।
बेला–बेला अभिव्यत्तिकै कारण विवादमा आइरहने सासंद चौधरीलाई सभापतिले प्रतिनिधि सभाको बैठक रहेकोले समय घटाएर बोल्न भनेपछि उनी आक्रोशित भइन । लगत्तै समापतिले सांसद चौधरीलाई समयको मध्यनजर गर्दै छोटो बोल्न आग्रह गरे । सभापतिको आदेश सुनेरसांसद चौधरी भने झनै आक्रोशित भईन । यता वरिष्ठताका आधारमा सभापतित्वको भुमिका निभाउन बसेका सांसद मुकुन्द न्यौपानेपनि के कम उनले पनि सांसदलाई एक घण्टा बोलिरहन पाए डिस्टर्ब नहुने भन्दै प्रश्न मात्रै गरेनन् आफूलाई सुधार्न समेत आग्रह गरे ।
यद्दपी केहीबेर चर्किएको भनाभन अन्य सांसद बोल्न थालेपछि भने साम्य भएको थियो । बैठकमा इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने माग सासंसदहरुले उठाएका थिए । नेकपा एमालेका सांसद नारायण खतिवडाले प्रदेश प्रहरीको संशोधित ऐनले प्रदेश प्रहरीलाई सक्षम बनाउन नसक्ने बताएका थिए । उनले प्रदेश प्रहरीको अधिकारको बारेमा ऐन जारी गरिरहँदा प्रदेश प्रहरीकै अधिकार खोसिएको जस्तो स्थिति देखिएको टिप्पणी गरेका थिए । बैठकमा सानो गाउँबस्तीमा र कम जनसंख्या भएको ठाउँमा मात्रै प्रदेश प्रहरीले हेर्नसक्छ भन्ने संकुचित सोच राख्न नहुनेतर्फ पनि सांसद्हरुले सचेत गराएका थिए ।


प्रतिक्रिया