काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले (एसपीपी) संझौताबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमपूर्ण कुरा गरेको आरोप लगाउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारकै पालामा सो प्रोग्राम आएको र आफूहरुले अहिले आएर रद्द गराएको भन्ने प्रचण्डको भनाई जनतालाई गुमराहमा राख्ने गरी आएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।
ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा तत्काल संसदीय छानवीन समिति गठन गरेर तथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग पनि गर्नु भएको छ ।


प्रतिक्रिया