Breaking

ओलीको संसदमा डेढ घण्टा लामो सम्बोधन, भन्छन्, इनफ इज इनफ


काठमाडौं — प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले इनफ इज इनफको नारा लगाएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भएको र निश्चित घरानालाई लाभ हुने गरी करका दरहरु हेरफेर गरेको भन्दै उनले यसबारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् । सोमबार संसदलाई डेढ घण्टा लामो सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा देशकै विरुद्ध अपराध भएको बताए ।

विचौलिया राखेर बजेट बनाउने पनि स्वीकार गर्ने हो भने नजिर बस्ने भन्दै उनले भने, त्यही स्थापित गरेर जाने हो भने यो देशको अर्थतन्त्र के होला त्यससम्बन्धमा तत्काल संसदीय छानबिन समिति गठन गरेर अगाडि जानुपर्‍यो । अर्थ मन्त्रालयले आइतबार मात्र सीसीटीभी फुटेजको रेकर्ड १३ दिन मात्र रहन्छ भनेकोमा पनि उनले प्रश्न गरे ।

उनको प्रश्न छ, फुटेज हटाउने को हो कसको आदेशमा किन कसले भनेको थियो १३ दिनमा डिलिट गर्न यो बेथितीलाई स्वीकार गर्न नसकिने भन्दै उनले तत्काल संसदीय छानबिन समिति बनाउन माग गरे । यस्तो समितिलाई छाटो समय दिनुपर्ने र त्यसका आधारमा दोषीलाई कारबाही गरेर देशलाई थितिमा ल्याउनुपर्ने एमाले अध्यक्ष ओलीले बताए ।