काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मुलुकमा अब अति भएको बताएका छन् । सरकार सञ्चालनका क्रममा मुलुकमा अति भएको उनको भनाइ थियो । प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताएका हुन् । आफू सरकारमा हुँदा तत्कालीन प्रतिपक्षी कांग्रेसका एक सांसदले भनेको कुरा स्मरण गर्दै ओलीले अहिले चाहिँ अति भएको बताएका हुन् ।
इनफ भन्दा बढी नै भइसकेपछि मैले यहाँ बोल्न उभिनुपर्यो । अब चाहिँ अति नै भयो, उनले भने । सत्तापक्षका नेता र मन्त्रीहरूले विभिन्न विषयमा जथाभावी बोल्दै हिँडेको ओलीको आरोप थियो । एसपीपी, अर्थमन्त्रालयमा बजेट निर्माण भइरहेका बेलाको विषयलाई लिएर ओलीले संसद्मा आपत्ति जनाएका छन् ।


प्रतिक्रिया