Breaking

सल्यानका प्रदेश सांसदको रामलिला, टिकटक मार्फत देखाए आफ्नो मायाजाल


काठमाडौँ — सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृसँग अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सामाजिक संजाल टिकटक मार्फत सार्वजनिक भएको छ । एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्टबाट भिडिओ अपलोड भएको थियो ।

असावधानीवस पोष्ट गरेको भिडिओ वलीले केहीबेरमै हटाइन् । तर, यसलाई डाउनलोड गरेर विभिन्न व्यक्तिका म्यासेञ्जर र ग्रुप च्याटमा पठाउने काम अहिले भइरहेको छ । यस भिडओमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा शाह र गुलाबजंगले अभिनय गरेका छिन् । उनीहरू एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ । वलीले गुलाबजंगको गाला पनि सुम्सुम्याएकी छन् । स्मरणीय छ कि उनीहरू दुवै विवाहित हुन् ।

शाह सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशसभा संसदको प्रमुख सचेतक समेत छन् भने एमालेको कर्णाली प्रदेश सहइन्चार्ज समेत हुन् । नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै शाहले उक्त भिडिओ ‘फेक’ भएको दाबी गरे । उनले भने, ‘त्यो भिडिओ ओर्जिनल होइन, इडिट गरेर बनाइएको हो ।

चुनाव नजिकिँदै गएपछि आफ्नो चरित्र हत्या गर्न त्यस्तो भिडिओ बनाइएको दाबीसमेत उनले गरेका छन् । नाङ्गैबुङ्गै भए पो डर, मलाई यसले केही फरक पर्दैन, उनले भने । उक्त भिडिओ पोष्ट गर्ने एमाले सल्यानकी जिल्ला कमिटी सदस्य वलीलाई भने आफूले चिनेको शाहले बताए । वलीले भने उक्त भिडियोको बारेमा केही थाहा नभएको बताइन् ।

मैले स्थानीय तहको चुनावपछि टिकटक नै चलाएको छैन,’ उनले भनिन्, ‘कसरी त्यस्तो भिडिओ पोष्ट भयो मलाई थाहा भएन । भिडिओ वाहियात भएको उनको भनाइ छ । मंसिरमा चुनाव आएकाले प्रोपोगण्डा गरिएको उनले बताइन् । रोमान्टिक भिडिओ हटाइएको भए पनि वलीको अकाउन्टमा गुलाबजंगसँगको तस्बिर अहिले पनि छ । तस्बिरमा हेर्दा उनीहरूबीच उमेरमा पनि धेरै अन्तराल देखिन्छ ।

घटना बाहिरिएपछि सांसद शाहले पत्रकार सम्मेलन गर्दै आफु अन्यायमा परेको बताएका छन् । उनले भनेका छन्, ‘प्रविधिको उच्चतम प्रयोग गरि मलाई फसाउने काम भएको छ । भिडिओमा मेरा जुँगा ठूला–ठूला बनाइएको छ । केही इमोशन, फिलिङ्स केही छैन । खाली मेरो फोटो जोडेर सुतेको बनाइएको छ । यसले म अन्याय परेको छु । कानून उपचार पनि खोज्छु ।

यस्तै घटनाको विषयमा धारणा राख्न मंगलबार पत्रकार सम्मेलन गरेकी वलीले आफ्ना श्रीमानसँग बनाएको टिकटकमा शाहको टाउको जोडिएको बताएकी छिन् । उनले निर्वाचनलाई लक्षित गरि गुलाबजंग शाहलाई सिध्याउने गरि प्रचार गरिएको भन्दै बचाउसमेत गरेकी छिन् ।

तर यी दुवैले घटनाको ढाकछोप गरेपनि प्रष्ट रुपमा कानूनी उपचार खोज्नेबारे बोलेका छैनन् । यस विषयमा वलीका श्रीमानको धारणासमेत सार्वजनिक भएको छैन । भिडिओ गलत हो भने त्यसको परिक्षणका लागि फरेन्सिक चेक गर्न सकिने व्यवस्था छ । त्यो प्रक्रियामा समेत उनीहरु अघि बढेका छैनन् ।