Breaking

के होला अव डा.बाबुराम भट्टराईको भविष्य ? प्रधानमन्त्रीबाट मेयरको चर्चासम्मको यात्रा, किन सुध्रिदैनन् ?


जनताका समाजवादी पार्टीमा लामो समय देखि कचल्टिएको विवाद अव फुटको संगारमा पुगेको छ । अन्तत संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुवैले सहमतीमै आ–आफ्नो बाटो लाग्ने तयारीमा छन्। उनीहरुको यो भद्र सहमतीसंगै भट्टराईको अवको बाटो र भविष्यका विषयलाई लिएर विभिन्न विश्लेषण सुरु भएको छ । तीन वर्ष अगाडि एकता गरेका डा.बाबुराम भट्टराई र उपेन्द्र यादव अन्ततः विभाजनको संघारमा पुगेका छन् ।

वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्देश्यसहित एक भएका उनीहरु एक–अर्कालाई कारबाही र गाली नगर्ने भद्र सहमती सहित यो बाटोमा पुगेका हुन । विशेषत ः दुई अध्यक्ष हुनुपर्ने विषयमा विवाद हुँदै आएको जनता समाजवादी पार्टी (जसपामा) पछिल्लो समय मन्त्री हेरफेरको विषयमा दुई पक्षबीच विवाद चुलिएको थियो । पहिलेबाटै आफुसंग बहुमत रहेको भन्दै यादवलाई दवाव दिदै आएका भट्टराईले महाधिवेशन गर्न नसकेको,गठन्धन र चुनावी समिक्षा लगायतका विषयलाई लिएर दवाव बढाएका थिए ।

तरसुरुदेखि भट्टराईलाई साथ दिएका प्रतिनिधिसभा सदस्य इस्तियाक राइ, प्रदीप यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, सांसदहरू रुही नाज, प्रज्ञा ढकाललगायतले अन्तिम समयमा यादवलाई रोजे । फलत ः आत्मविश्वास बढेको यादव पक्षले सोमबार अनौपचारिक बैठक बसेर मन्त्री बदल्ने निर्णय गरेको थियो भने भट्टराईलाई केन्द्रीत गरेर कारबाही गर्न सक्ने अधिकार समेत यादवलाई दिएको थियो । यता भट्टराईलेस्थानीय चुनावअघि नै बहुमत सदस्यहरूको हस्ताक्षर गराएर बसेका थिए ।

तर चुनावका कारण फुटको डिलबाटै जोगिएको जसपा चुनाव सकिने बित्तिकै अध्यक्ष भट्टराईले पुनः त्यही कुरा उठाएर हस्ताक्षर अभियानलाई जारी राखे । अध्यक्ष यादव पक्षबाट अझै केही नेता तानौँ भन्ने सोचमा साथआफूसँग बहुमत भए पनि प्रयोगमा नल्याएका उनीमाथि यादवले नै पहिलो फायर खोल्न सफल भएका छन् ।

यो संगै भट्टराईको यात्रा पाँचौ दलतर्फ सोझिएको छ । आफ्नो राजनीतिक यात्रा एकता केन्द्रबाट सुरु गरेका उनलाई नेकपा माओवादीमास्थापित गर्न प्रचण्ड र मोहन बैद्यलगायतका नेता कार्यकर्ताले ठूलो योगदान पु¥याएका थिए । मोहन विक्रमको मसालमा केन्द्रीय कमिटी पनि फेला नपारेका भट्टराईले प्रचण्ड , वैद्यहरुकै कारण अरुहरुलाई उछिन्दै तत्कलीन एकता केन्द्र मशालमा पार्टीको शीर्ष स्थान हात पारेका थिए। उनी माओवादीबाटै प्रधानमन्त्री र अर्थमन्त्री पनि बने ।

भर्खर शान्तीपूर्ण राजनीतीमा आएको रापतापमा पहिलो संविधानसभा निर्वाचनमा म्यान अफ दि ईलेक्सन नै भएका उनले प्रचण्डको प्रधानमन्त्रीत्वमा सफल अर्थमन्त्रीका रुपमा आफूलाई उभ्याए । प्रधानमन्त्री बन्दा जनतासंग प्रधानमन्त्री,सडक विस्तार,जनताको घरमा प्रधानमन्त्री, बिप्पा सम्झौताले उनी चर्चित बने । तर पहिलो संविधानसभाको म्याद सकिएपछि त्यसको नेतृत्वका लागि राजनीतिक व्यक्ती नभई प्रधानन्याधीशलाई योग्य ठानेपछि उनको ओरालो यात्रा सुरु भयो ।

आफ्नो चामत्कारिक व्यक्तित्वको दम्भका कारण पछि माओवादी समेत छाडेर नयाँ शक्ती बनाएका उनले नयाँ अवतार ईतिहासको प्रवाह विपरित देखियो । यो वीचमा पदप्राप्तीको प्रयासका आधारमा उनी कहिले पुननिर्माण प्राधिकरणको सिईओमा प्रयासरत रहे भने पछिल्लो समय मेयरसम्ममा उनको चर्चा भयोे । यता माउ पार्टी छाडेबाटै माओवादी विरुद्ध अभिव्यक्ती दिदै आएका उनकोराजनीतिक ओरालो यात्रा कामय रह्यो । नयाँ शक्ती पनि संकटमा परेपछि संघिय समाजवादी हुँदै उनीजसपा बने । तरत्यसमा पनि सफल नदेखिएका उनी पुन नयाँ यात्राको तयारीमा छन् ।

हुन त जसपा फुट्न नदिन दोश्रो तहका नेताहरुले प्रयास थालिरहेका छन भने भट्टराईले पनि जसपाभित्रको बहसका मुद्दा कसैको ईगोको विषय नभको बताएका छन । क्षेत्रीय कि राष्ट्रिय पार्टी हुने ?सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीति गर्ने ? एकल नेतृत्व कि समावेसी सामूहिक नेतृत्व? विधिसंगत कि स्वेच्छाचारी कार्यशैली?जस्ता विषयमा वहस रहेको बताएका उनले बहस नै फुटका रुपमा हेर्न नमिल्ने आशय व्यक्त गरिरहेका छन् । तर विस्तारै राजनीतिक मुल धारबाट पेलिएका भट्टराईको आगामी यात्रा चमत्कारिक हुनेमा भने धेरैले सन्देह प्रकट गरिरहेका छन् ।