देश

अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउँदै

योहो संवाददाता

काठमाडौँ — चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल’ फाइनलिस्ट अर्थर गनको रुपमा परिचित दिवेश पोखरेल कन्सर्टको लागि नेपाल आउने भएका छन् । उनले इन्स्टाग्राममार्फत कन्सर्टको लागि आफूहरू नेपाल आउन लागेको जानाकारी दिएका हुन्।

ुलामो प्रतिक्षापश्चात म कन्सर्टको लागि नेपाल आउन लागेको छु । आफ्नो जन्मभूमिमा आएर तपाईंहरु समक्ष आफ्नो प्रस्तुती दिन म निकै उत्साहित छुु उनले लेखेका छन् । दिवेशको नेपाल कन्सर्टको जिम्मा ब्रेनसर्भिसले लिएको छ । अमेरिकन आइडलको १८ औं सिजनका फाइनलिस्ट रहेका दिवेश १९ औँ सिजनमा पनि टप सेभेनसम्म पुग्न सफल भएका थिए ।

उनले अमेरिकन आइडलमा क्रिडेन्स क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन द रेन’ गाएर चर्चामा आएका थिए । दिवेश काठमाडौं कलंकीमा जन्मिएका हुन । अहिले उनी अमेरिकाको विचिता सहरमा बस्छन् ।