काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् । सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले रथयात्राको शुभारम्भ गरेकी हुन् । सो क्रममा भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो । जगन्नाथको रथयात्रा विश्वभर एकै दिन मनाइन्छ । रथयात्रा टुँडिखेलमा पुगेर समापन भएको थियो ।


प्रतिक्रिया