काठमाडौँ — रुपन्देहीको देवदहमा एक महिलाले एक करोड रुपैयाँ बढी रकम लिएर फरार भएको भन्दै स्थानीय वासिन्दाले खोजी गरिदिन आग्रह गरेका छन् । पाल्पा कसेनी स्थायी घर भई देवदह नगरपालिका–७ मा बस्दै आएकी भुमिका घर्ती मगरले जग्गा खरीदमा साझेदारी, सापटी, धितो जमानी, सामान खरीद लगायतका वहानामा १८ जना भन्दा बढीसँग रकम संकलन गरेर डेढ वर्षदेखि सम्पर्कविहीन भएकी हुन् ।
उनले एक जनासँग ६० हजारदेखि १५ लाखसम्म रकम लिएर कुल एक करोड भन्दा बढी रकम असुलेको स्थानीयको भनाइ छ । भूमिकालाई पैसा दिने कतिपयले विश्वासका आधारमा विना कागज नै पैसा दिएका छन् भने कतिपयले लिखत गरेर दिएका छन् । पैसा फिर्ता पाउने आशमा बसेका स्थानीयले भूमिका सम्पर्कमै नआएपछि पत्रकार सम्मेलन गरेर उनलाई खोजी गरेर रकम फिर्ताको पहल गरिदिन सरकारी निकायसंग माग गरेका छन् । उनीहरुले सामूहिक रुपमा देवदह प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएका छन् ।


प्रतिक्रिया