काठमाडौँ — नेपाली शिक्षा परिषद्ले सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग अनिवार्य गर्न माग गरेको छ । सवारी साधनमा जोडिने विशेष संख्या पाता इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपि अंग्रेजीमा रहने निर्णय सच्याउन परिषद्ले माग गरेको छ । परिषद्ले एक विज्ञप्ति जारी गर्दै सरकारले सवारी साधनमा विशेष संख्या पाता इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सो पातामा अंक र अक्षर देवनागरी लिपि नेपाली नभई रोमन लिपि अंग्रेजीमा रहने निर्णयप्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र प्लेटमा रोमन लिपिमा पनि लेखिने विषयमा विमति नभएको भन्दै परिषद्ले त्यसमा प्रयोग हुने लिपि हालसम्म लेखिँदै आए अनुसार देवनागरी लिपिमा पनि रहनुपर्ने माग रहेको परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सर्वसाधरण नेपालीले नेपाली भाषमा लेखिएको कुरा जसरी सहज किसिमले बुझ्छ विदेशी भाषामा मात्र लेखिएकोेलाई त्यसरी बुझ्न नसक्ने भन्दै परिषद्ले नेपालीको स्वाभिमान माथि आघात पुग्न जाने काम गर्न नहुने बताएको छ । स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको राष्ट्रियतामा नै यसले प्रश्न उठाउने परिषद्को बुझाइ छ ।


प्रतिक्रिया