Breaking

कुनै बेला बंगलादेशलाई धाननिर्यात गर्ने नेपाल अहिले अर्बौको आयातगर्दै,असार १५ सकिँदापनि पाउँदैन कृषकले मल


काठमाडौँ — वर्षेनीअसार १५ मा राष्ट्रिय धानदिवस मनाईन्छ । प्रत्येक वर्ष महोत्सव नै गरेर धानदिवस मनाउने गरे पनिअर्बाैको खाद्यान्नभने बाहिरबाट नै मगाउनु पर्छ । खाद्यान्नको नाम ठूलो रकमबाहिरीरहदा कृषिप्रधानभनिने देशमाभने खेतीको समयमाआवश्यक सामग्रीको सधै अभाव नै हुन्छ । आजअसार १५,१९ औं राष्ट्रिय धानदिवस देशैभर धान रोपेर मनाईयो । ‘

धान रोपौं, खाद्यान्नमाआत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धानदिवस मनाइरहँदाभक्तपुरको सूर्यविनायकनगरपालिकास्थित सिरुटारमाभने परम्परागत रोपाई भन्दाभिन्नखालको रोपाई देखियो ।एमाले निकट अखिल नेपालकिसानमहासंघले आयोजना गरेको रोपाई महोत्सवमाकृषीमाआधुनिकिकरण गर्नु पर्ने भन्दै रोप्ने मेसिनले धान रोपियो । धानउत्पादनमावर्षेनीकमभइरहेको अवस्थामाआमकिसानको हौसलावृद्धि गर्न एमालेका अध्यक्षकेपीशर्मा ओलीले रोपाई महोत्सवमा मेसिनबाटधान रोप ।

आज रोपाईको समयमाझमझमपानीपर्याे । रोपाइमा परेको पानीमा कृषकहरु खुशीभने देखिएनन् । उनीहरुले परेको पानीलाई कृषकको मन रोएको संज्ञा दिए । सरकारले समयमै मलउपलब्ध गराउननसक्दा कृषक रोएको रोपाईमा सम्लग्नले बताए । असार १५ आएपनिअहिलेसम्मपनिमलभने उपलब्धहुन सकेको छैन । नेताहरुले ठूला ठूला स्वरमा नेपाल कृषीप्रधान देश हो भने पनि खेतीगर्ने समयमा सधै बीउमलअभावहुने गरेको छ । यहीअभाव रोपाई महोत्सवमापनि देखियो ।

असार १५ त आयो तर मलभने आउन सकेन । कुनै बेलाबंगलादेशलाई समेत धाननिर्यात गर्ने नेपालअहिले अर्वाैको आयातगर्नु पर्ने अवस्था छ । यस वर्ष जेठमसान्तसम्म मात्रै ४३ अर्वको खाद्यान्नआयात गरेको तथ्यांकले देखाएको छ । प्रत्येक वर्ष यति ठूलो रकमबाहिरिदा कृषीप्रधानभनिने देशमा खेतीको समयमाआवश्यक सामग्रीभने सधै अभाव नै हुन्छ । यसमा सरकारको कयौं गल्तीहोला तर, केहीगल्ती कृषको पनि देखिन्छ ।

अहिले गाउँ घरतिरको खेतबारी बाँझै राख्ने तर शहरमा कौशी खेती गरेर रमाउने जमातपनि ठूलै छ । धानको बीउलहलहउम्रिन पर्ने खेतमाअहिले कंक्रिटको भवनउम्रेको छ । नेपाल कृषिप्रधानदेश हो भन्ने आभास केबल असार १५ मामात्रै हुन्छ । मुखले जतिसुकै कृषीप्रधान देश भनेर फलाँके पनिव्यवहारत त्यस्तो देखिदैन । हाम्रो वास्तविकताभने एक दिन रोपाई महोत्सवगर्ने र वर्षाैसम्म कृषिशब्द बिर्सने नै हो ।

यसरी एक दिनदिवस मनउँदैमा कृषी क्षेत्रमा ठूलो फड्को मार्छ भन्नुहत्केलाले सूर्य छेक्छु भने जस्तै हो । जबसम्मबीउ, मल र धानउत्पादनमाचासो दिईदैन जबसम्म यो दिवस औपचारिकताभन्दामाथि उठ्दैन ।