Breaking

ओली–प्रचण्ड–घनश्यामको तेहरी,पार्टी कसले फुटायो र एकता कस्तो भन्ने बारे बाझिँयो मत, कसरी होलाएकता ?


नेपालमापुन कम्युनिष्ट एकताबारे बहस हुँदै गर्दा शिर्षस्थ नेताहरु भने जुहारीमाव्यस्त देखिएका छन । समय र परिस्थीले एकताआवश्यक रहेको बताउने उनीहरु कस्तो एकताभन्ने विषयमाभने अलमल देखिन्छन ।
स्थानीयतहनिर्वाचनको मत परिणामसंगै देशमा कम्युनिष्ट एकताको वहस चलिरहँदाएमाले अध्यक्ष केपीशर्मा ओलीले दिएको अभिव्यक्तिहो यो ।

दोश्रो तहका नेताहरु कम्युनिष्ट एकताको वहसमाव्यस्त रहँदाउनीहरुलाई नै कारबाहीगर्न लगाउने ओलीले नेकपा फुटको दोष माओवादीअध्यक्षपुष्पकमलदाहाल प्रचण्डलाई लगाउँदै आएका छन् ।एमालेले कुनै समुहलाई पनि नलखटेको बताएकाउनले पार्टी एकताका बेलादिएको सिट संख्यालाई चरम दूरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निस्काशन गरे पनिआफूले त्यसलाई जोगाएर अघि बढाएको दावी गरेका थिए ।

तर गतसोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममाबोल्दै प्रचण्डले यसको खण्डन गरे । कम्युनिस्टहरू बिग्रिए संसारकै सबैभन्दाकामनलाग्नेमा परिणत हुने बताएकाउनले संविधान र समाजवादलाई सफलबनाउनवाम गठबन्धन र पार्टी एकता गरे पनि सबै उपलब्धिकेपीशर्मा ओलीका कारण बरबादभएकोबताए ।

कम्यनिष्ट राम्रा हुन्छन् भनेर एकता गरेको भएपनिसहयोद्धालाई देखि नसहने, बैठक, छलफल बहस गर्नै नपर्ने तथा भ्रष्टाचारको पराकाष्ठा पार गर्ने ओलीको वानीका कारण एकतानटिकेको प्रचण्डको भनाई थियो । तर यहि दोहोरीकावीचमाबुधबार प्रचण्डले बुधबार पुन एमाले भित्रकाहजारौं नेता–कार्यकर्तालाई एकीकृत गरैर लैजान सकिने अनुभवआफूले प्राप्त गरेको बताएका छन ।

तीनवर्षसँगै रहँदाआफूहरुले नेकपाएमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् ।एमालेभित्रओलीनहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डो¥याउन सकिने उनको विश्वास छ । उनको यो विश्वासको पनि कम्युनिष्ट एकताको पक्षमा रहेकै एमाले नेताहरुले प्रत्युत्तर दिएका छन ।

माओवादीको बिउ नउम्रिने बताएकाएमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ अब यीबिउहरू न उम्रिनेभन्दै हाइब्रिड बिउको खोजीगर्नुपर्ने बताए। आजको आवश्यकता प्रचण्डले अझै नबुझेको बताएकाउनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने कसमभने खाएका छन् ।

हुन त आगामीनिर्वाचनमा कम्युनिष्ट एक नभएत्यसको क्षतिआफ्नो पार्टीमा पर्नेमाजानकार नै छन । ठुला प्रतिस्पर्धी आफ्ना लागीचुनौतीहुनसक्ने देखेका माओवादी नेताहरुले समेत कम्युनिष्ट एकता नै फलदायकहुने बुझेका छन भने वेलावेलाकांग्रेसलाई यसैको धम्कीदिदै आएका छन ।

तर ओलीबाहेकको एमाले मात्र स्वीकार्ने प्रचण्ड र प्रचण्डविनाको माओवादीमात्र स्वीकार्ने ओलीप्रवृत्तीयसको बाधक बनेको छ । यो ईगो साईजमाल्याउनवाह्य शक्ती र दोश्रो तहका नेताहरुको पछिल्लो दौडधुप कति सफल हुन्छ त्यसले आगामी सम्भावना तय गर्ने छ ।