देश

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल


काठमाडौँ — कुनै समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल झण्डै ८ वर्षपछि नेपाल फर्किएकी छन् । यसै साता नेपाल आइपुगेकी उनले आफन्त र फिल्म क्षेत्रका साथीसँग भेटघाट गरिरहेकी छन् ।

मंगलबार उनले अभिनेत्री रेखा थापासँग भेटिन् । इन्स्टाग्राममार्फत उनले यसबारे जानकार दिएकी छन् । काठमाडौं आइपुगेकी अरुणिमाले संक्षिप्त कुरा गर्दै आफू दुई महिना नेपालमा रहने र यसबीचमा घुमघाम र भेटघाटमा समय बिताउने बताइन् ।

फिल्ममा कमब्याक गर्ने इच्छा रहेको र राम्रो कथावस्तुसहित प्रोजेक्टको अफर आए फिल्म गर्न तयार रहेको उनले बताइन् । ‘म त्यही फिल्डको हुँ । माया त लागिहाल्छ नि । राम्रो स्क्रिप्टको अफर आए फिल्म गर्न रेडी छु,’ उनले भनिन् ।