Breaking

प्रचण्डलाई घनश्याम भुसालको जवाफ, माओवादीको बीऊ अब एमालेमा उम्रदैन


काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध बनाउँदै लैजाने बताएका छन् । एकअर्कालाई गाली गरेर कम्युनिष्टहरूले राम्रो नगरेको उनले बताए।

‘हुन त आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ( हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। त्यो एउटा खास धारा उत्साहित र संगठित गर्नका लागि उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ,’ कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा आज बोल्दै नेता भुसालले भने, ‘तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन ।

माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रन्न ।’ आज बिहान पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू एकीकृत र केन्द्रीकृत गर्न नेकपा एमालेमा माओवादीको बीऊ छाडेको र त्यसले केही समयभित्र फल दिने बताएका थिए।