काठमडौँ — बालुवाटारस्थित सुनौलो परिवार नेपाल,मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ । ८ वटा दमकलको सहायताले करिब साढे २ घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं–४ मा रहेको सुनौलो परिवार नेपालको भवनमा आगलागीका कारण ४ करोडभन्दा धेरै क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । सो भवनको स्टोर रुमबाट आगो सल्किएको थियो ।
नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले काठमाडौं महानगरपालिका, ललितपुर महानगर, प्रहरी र सेनाको दमकल तथा ट्यांकर प्रयोग गरेर आगो निभाएका हुन् ।


प्रतिक्रिया