Breaking

मदन भण्डारीको ७१ औं जन्मजयन्त्री,यसरी सम्झिए समकक्षी ओलीले


काठमाडौँ — आजजननेतास्व.मदन भण्डारीको ७१ औंजन्मजयन्ती,चरणवद्ध टुटफुटबाट गुज्रिरहेको नेपालकाकम्युनिष्टहरुले पाइलापाइलामाभण्डारीको अभाव खड्किएको महशुस गरेका छन । तर उनकोनिधनभएको तीनदशकवित्दापनिहत्यावा दुर्घटनापत्तालगाउननसकेर सरकारले भने निरिहता प्रकट गर्दै आएको छ । आजअसार १४ अर्थात जननेता स्व.मदन भण्डारीको ७१ औंजन्मजयन्ती, देशकाविभिन्न स्थानमाविभिदकार्यक्रमगरि मनाइएको छ ।

२००९ सालअसार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमाजन्मिएकाभण्डारी नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने नविनविचारकभएका र छोटो समयमा नेपाली राजनीतिमा स्थापितपात्रहुन् । ९० को दशकमाविश्वबाट कम्युनिस्ट शासन ढलिरहेका बेलाजनताको वहुदलीयजनवादनाममामाक्र्सवादको सिर्जनात्मकप्रयोग गर्दै नेपालमा कम्युनिष्ट र एमालेलाई जनतामा स्थापितगराउनभण्डारी सफलभएकाथिए ।

४१ वर्षकै उमेरमा पार्टीको महासचिव बनेका भण्डारीले श्रीपेच खोलेर चुनावी मैदानमाआफुसँग प्रतिस्पर्धा गर्न राजालाईचुनौतीदिएर विश्वको ध्यानतान्न सफलभएकाथिए। पटक पटक टुटफुटको शिकार बनिरहेको नेपालका कम्युनिष्टहरुलाई केहीहदम्मएकिकृत गर्न भण्डारी सफलभएकाथिए । उनै जनप्रिय नेता भण्डारीको २०५० सालजेठ ३ गते दासढुंगा जीप दुर्घटनामा रहस्यमयनिधनभयो । त्यसयताउनका समकालिन नेताहरु पटक पटकपार्टीको प्रमुखपदमा छन ।

समकक्षीकेपीशर्मा ओली,माधवकुमार नेपाल,झलनाथखनाललगयातका नेताहरुले मुलुकको नेतृत्वगरिसके । उनकै धर्मपत्नीविद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति भइसकेकी छिन् । तर दासढुङगा दुर्घटना प्रकरणको सत्यतथ्यपत्तालगाउने अग्रसरता कसैले देखाउन सकेनन् । एमालेले यो घटनालाई राजनीतिकदाउपेच मात्रबनाउँदै आएको छ ।अर्कोतर्फ जवजको हुँकार गर्ने कम्युनिष्टहरु आआफ्नो स्वार्थका छिन्नभिन्न भइरहेका छन् ।

जनताको बहुदलीयजनवादमार्फत कम्युनिष्टको एकीकरण र नयाँ राजनीतिक रूपान्तरणको नीतिगतखाकादिने भण्डारीको निधनपछि क्रमश नेपाल कम्युनिष्ट पुन टुटफुटमा रमाए । जवजलाईआफ्नो प्रमुख सिद्धान्त मान्ने नेकपाएमाले नै सामाजिकरूपान्तरणको पाटोबाट टाढिँदै गएको देखिन्छ ।