काठमाडौँ — मायामा मान्छे कति सम्म अन्धो हुन्छ भन्ने कुराको उदाहरण हुन् फुर्वा मोक्तान राम्री युवतीको मिठो बोलिमा फसेका उनको जीन्दगीमा खुसी धेरै दिन टिकेन । फेसबुकको माया दुई दिनमै घाम छाँया भनेजस्तै फेसबुकमा झाँगिएको उनको सम्वन्ध केही दिनका लागि त ठिकै भयो तर दिगो भएन । युवतीको रुप र यौवनले जन्मदिने बाबुआमालाई विश्वास नगरेका फुर्वा अहिले पश्चाताप मानेर बेलाबोलामा भक्कानिरहन्छन् ।
दिलो ज्यान दिएर माया गरेको मान्छेबाट धोका पाएपछि उनि अहिले पटकपटक आफ्नो जन्म दिने बुवालाई सम्झिन्छन् । श्रीमती लिएर जापान उड्ने दाउमा रहेका उनले बुबाको नाममा रहेको जग्गा आफु र श्रीमतीको नाममा ल्याउदा बुबाले भनेको त्यो बचन अहिले गला लागिरहेको छ । आफुलाई जन्म दिएर कर्म दिने पितालाई लत्याउदै श्रीमतीलाई अंगाल्दा यति बेला फुर्वा घर न घाटको भएका छन् ।
बुबासँग उनको सम्पर्क छैन । बुवाको सन्च विसन्चो उनि आफन्तबाट बुझिरहेका छन् । एउटी युवतीको अन्धो प्रेममा परेका फुर्वाले अहिले आफ्नो घर परिवार गुमाएका छन् । उनि रित्तो भएका छन् । उनिसँग यति बेला न सबैकुरा सुम्पिएर भित्र्याएकी श्रीमती छिन् नत बुबा आमा दाजुभाई नै छन् । नातागोताका सबै सबै टाढा भएका छन् ।
फेसबुके मायालाई सबै कुरा सम्झिएर विश्वास गर्दा आज फुर्वाले घर जग्गा सुन र पैसा गरेर झण्डै डेढ करोड डुवाएका छन् । युवतीको मायामा सबैकुरा त्याग गरेका उनि कुनै बेला ससुरालीमा घर ज्वाइसमेत बस्न पुगे । मायाले संसार जिन्तिन्छ भन्ने बुझेका फुर्वाले आफ्नो श्रीमतको खुसीका लागि ससुरालीमै श्रीमतिका कपडा पनि धोइदिन्थे ।
श्रीमती नै सिंगो ब्रम्हाण्ड ठानेका उनीले जे जे भन्यो त्यही त्यही मान्दै गएका फुर्वाले जुन दिन ससुराली घरको पुरानो दराजमा एउटा पत्र भेटे त्यसपछि उनि छाँगाबाट खसे । श्रीमतीको लागि बाउ आमा त्यागेर ससुरालीमा घर ज्वाई बसेका उनले पुरानो दराजमा फेला पारेको ऋण पत्रमा श्रीमानको नाम रहेछ । उनकी श्रीमतीको त्यो ऋणपत्रमा फुर्वाको नाम नभएर अरुनै पुरुषको नाम थियो ।
सो विषयमा जानकारी माग्दा उनकी श्रीमतीले आलटाल गरेर ऋण खानको लागि बनाएको भन्दै त्यो कुरालाई टारिन् । त्यही पत्र बोकेर बैङकमा ऋण तिर्न पुगेका उनि फेरि झस्किए वैङकमा पनि श्रीमान फुर्वाको नाममा नभएर अरु कुनै व्यक्तिको नाममा थियो । शरिर सिथिल हुँदै मनमा पिडा बोकेर फर्किएका फुर्वाले त्यसपछि केहि सोच्न सकेनन् ।
त्यसपछि श्रीमती लिएर चितवन पोखरा घुम्न गएका फुर्वाले फोटो खिच्न भन्थे । भरसक फोटो खिच्न नमान्ने खिचिहाले पनि फेसबुकमा हाल्न नदिने श्रीमतीको हर्कतले उनको मन चिसो हुँदै गएको थियो । विवाह पछि फेसबुकमा विवाहीत भनेर लेखेका फुर्वालाई श्रीमतीले त्यो पनि हटाउन लगाईछिन् । यस अघिनै ससुराको नामको सम्पति आफ्नो नाममा पारेकी युवतीलाई फुर्वाले तिम्रो बुबाको नाममा रहेको घर पनि हामी दुई जनाको नाममा राखौ भने तर पर्दैन भन्दै उनले आफ्नो घर फुर्वाको नाममा पारिनन् ।
तर फुर्वाको नाममा आफ्नो सम्पति हात पार्न सफल भएकी उनि जापान जाने दिन नजिकियो । केही शंका र मनमुटावका बीच उनले फुर्वालाई पछि आएर लग्ने भन्दै जापान हानिइन् । त्यस अघिनै उनले फुर्वाले किनेको सुन बेच्न भ्याएकी रहिछिन् । सुन र घर जग्गा कुम्लाएर जापान पुगेको झण्डै तेस्रो हप्तापछि उनले फुर्वालाई सामाजिक संञ्जाल फेसबुक र फोन कल सबै तिर व्लक गरिन ।
फेसबुकमा हेलो भनेर कुण्डली मिलाएकी उनले जब घर जग्गाको लालपुर्जा हात पारिन् त्यसपछि फुर्वालाई टाटाबाइबाई गरिदिइन् । विवाहको नाटक मंचन गरेर फुर्वाको जिन्दगीमा खेलेकी उनले फुर्वाको परिवारलाई समेत टुक्र्याइदिएकी छिन् । उनको वितगलाई नजिकबाट जान्ने हरुका अनुसार विवाह गरेर डिभोर्स दिनु उनका लागि भाडाकुटी खेले जतिकै हो ।
उनले यसरी केटा फसाएकोमा फुर्वा पहिलो भने हैनन । यसअघि पनि उनले यसरीनै जापान लाने भन्दै प्रलोभन देखाएर आधा दर्जन भन्दा वढिसँग विवाह गरी डिभोर्स दिएको बुझिएको छ । मान्छेको रियल जीन्दगीलाई रिलमा जस्तै योजनावद्ध ढङगले फसाउनेको संख्या पनि नेपालमा बाक्लिदै गएको छ ।


प्रतिक्रिया