काठमाडौँ —जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहको घर डुवानमा परेको छ । बर्षाको पानी निकासको व्यवस्था नहुँदा उनको घर डुबानमा परेको हो । उपमहानगरपालिका वडा नम्बर १० स्थित साहको घरमा मंगलबार विहान पानी पसेको हो ।
‘यो पहिलादेखिकै समस्या हो उप मेयर साहले भने, पानीको निकासका लागि एउटा चेम्बर बनाउनुपर्ने आवश्यकता छ । त्यो निर्माण नभएसम्म घर डुबान भइरहनेछ ।
साहका अनुसार उनको घर वरपरका अरु २० घरमा पनि पानी पसेको छ । उनले चेम्बर निर्माण गरेर पानीको निकास दिनका लागि आफूले काम गर्ने बताए । मंगलबार बिहानदेखिको निरन्तर बर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकासहित मधेश प्रदेशका धेरै ठाउँमा पानी जमेर डुबान भएको छ ।


प्रतिक्रिया