Breaking

बामदेवले खोले ७५ केन्द्रीय सदस्य सहित एकता राष्ट्रिय अभियान पार्टी


काठमाडौं — बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।

त्यसमध्‍ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्‍म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने छन्। पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्‍यको रुपमा रहने जनाएको छ ।