काठमाडौँ — इन्टरनेट सेवा कम्पनी सुबिसुले ‘सुबिसु घर घरमा’नामक अभियान सुरुगरेको छ ।कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारीदिने उद्देश्यकासाथ यस्तो ‘क्याम्पेन’थालेको हो । जस मार्फत कम्पनीका नयाँ तथा पुराना ग्राहकले सुबिसुको सेवाको विषयमा विभिन्न जानकारी प्राप्त गर्नसक्ने छन् ।

कपन, बालाजु, न्युरोड, जोरपाटी, बुढानीलकण्ठ,लगायतका क्षेत्रमा सुबिसुको टिमले आफ्नो प्याकेजहरूको बारेमा जानकारी दिँदै घरदैलो सम्पन्न गरिसकेको छ । घरदैलोका क्रममा छुटेका ग्राहकले आफ्नो नजिकैको मिटिङ प्वाइन् मासम्पर्क राख्नसक्ने छन् ।
‘क्याम्पेन’सञ्चालन हुने स्थानका घरदैलोमा पुगेर कम्पनीका कर्मचारीहरूले आफ्नो सेवाको बारेमा जानकारी दिइरहेका छन् । आईप्लेक्समल नयाँ बानेश्वरबाट राखिने ‘मिटिङ प्वाइन्ट’ क्रमशःकाठमाडौं उपत्यकाका अन्य मुख्य मुख्य स्थानहरूमा समेत राखिने कम्पनीले जनाएको छ ।

अभियान अन्तर्गत विभिन्न स्थानमा दुईदिन सम्म सुबिसुका ‘मिटिङ प्वाइन्ट’राखिने छन् ।यसक्रममा ग्राहकले आफ्नो नजिकै रहेको ‘मिटिङप्वाइन्टमा गएर बिक्री र प्राविधिक सहायताको विषयमा जानकारी लिनुका साथै नयाँ कनेक्सनको लागि सोधपुछ गर्न सक्ने छन् ‘मिटिङप्वाइन्ट ’मागएर नयाँ कनेक्सनलिने दशजनाग्राहकलाई लक्की ड्रबाटै ३५ प्रतिशत छुट उपलब्धगराइनेछ ।
साथै त्यहाँ पुग्ने सेवा ग्राहीलाई समावेशगरी साप्ताहिक लक्कीड्र समेतगरिने र त्यसबाट दुईजना ग्राहकलाई निःशुल्क १५० एमबीपीएस इन्टरनेट कनेक्सन उपलब्धगराइने कम्पनीले जनाएकोछ ।


प्रतिक्रिया